Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने तिलोत्तमा नगरपालिकाको घोषणा

रुपन्देही । राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मान स्वरुप ५० हजार नगद दिने तिलोत्तमा नगरपालिकाले घोषणा गरेको छ ।

शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले तिलोत्तमा निवासी भुर्तेललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।

भुर्तेलले बिहीवार भएको आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले खेलमा ३५ बलमा ३ चौका र चार छक्का प्रहार गर्दै ५० रन जोडेर नेपाललाई जिताउन महत्वपूर्ण योगफल तयार पारेका थिए ।

भुर्तेलले सानो उमेरमै क्रिकेट खेलमार्फत् देशकै नाम ऊँचो बनाएको भन्दै सम्मान गर्ने निर्णय गरिएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए । भुर्तेल तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077