Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राष्ट्रपति पौडेललाई सीको सन्देश – म तपाईंसँग मिलेर काम गर्न इच्छुक छु

    राष्ट्रपति पौडेललाई सीको सन्देश – म तपाईंसँग मिलेर काम गर्न इच्छुक छु

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 699
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिएका छन् ।

    एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सीले नेपालको राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा रामचन्द्र पौडेललाई बधाई दिएका हुन् ।



    आफ्नो सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गरे । उनले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र चीनबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकासमा सहकार्य गरेको उल्लेख गरे ।



    चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार