Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

सर्लाहीको मलगंवा नगरपालिका–७ का २८ वर्षीय रवीन्द्र महराको मृत्यु भएको हो ।

हिजो बेलुका करिब ८ बजे ध१ख ६४७ नम्बरको बसले महरालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पताल सोमबारै राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त बससहित चालकलाई इलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077