Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता, वामशक्तिबीच एकताबारे छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार खनालनिवास डल्लुमा भेटवार्ता भएको हो ।

दुई घण्टासम्म चलेको भेटवार्तामा उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।

साथै वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको छ । त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077