Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आँधीखोलामा डुबेर भुसालको मृत्यु

स्याङ्जा । स्याङ्जाको आँधीखोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

वालिङ-८ मा रहेको आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर वालिङ ८ कै १६ वर्षका कुशल भुसालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार साथीहरुसँग पौडी खेल्न गएका भुसाल डुबेको जानकारी आए लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोली तथा स्थानीयहरुको सहयोगमा शव निकालेको थियो ।

मृतक भुसालको शवलाई पोष्टमार्टमका लागि गह्रौ प्राथमिक अस्पताल वालिङमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077