Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - अब म प्रधानमन्त्री हुन लागेको हो कि भन्ने आभास भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको टिप्पणी गरेका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशाष्त्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

अन्तिम वक्ता रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता भएका थिए ।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री सहभागी नभएपछि आज अन्तिम वक्ता भएँ, हिजो (फागुन २५) गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि पनि मैले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएँ । अब म यथार्थमा प्रधानमन्त्री हुन लागेको होकी भन्ने लागेको छ, सब्सिच्यूट भइराख्या छु। त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077