Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो : विप्लव

    प्रधानमन्त्री प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो : विप्लव

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 609
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धका उपलब्धिहरुलाई बिनाश गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा लगाइएको बताएका छन् ।

    शुक्रवार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।



    महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताए ।



    प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरु तयार रहेको विप्लवको भनाई छ ।

    उनले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगत रुपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गरे ।

    महासचिव विप्लवले सो मुद्दालाई आफुहरुले अस्वीकार गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार