Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड

    प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 597
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।



    नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको छ ।



    विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेको विप्लवको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार