Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • डलरको खेती गर्नेहरुले शान्ति प्रक्रियालाई गिजोले : बाबुराम भट्टराई

    डलरको खेती गर्नेहरुले शान्ति प्रक्रियालाई गिजोले : बाबुराम भट्टराई

    प्रचण्डलाई मुद्दा हाल्‍नु भनेको मुलुकलाई फेरि द्वन्द्वमा फसाउनु हो

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 813
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा हाल्‍नु मुलुकलाई फेरि द्वन्द्वमा फसाउनु भएको बताएका छन् ।

    ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।



    उनले प्रधानमन्त्री प्रचण्डमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरि द्वन्द्वमा अल्मल्याइराख्ने गम्भीर षड्यन्त्र भएको बताए ।



    अध्यक्ष भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने सो कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरुको शान्ति प्रक्रियालाई गिजोलेर मुलुकमा द्वन्द्व स्थिति बनाई राख्ने षडयन्त्र भईरहेको बताए ।

    उनले आफू प्रधानमन्त्री हुँदा शान्ति सम्झौंतालाई पूर्णता दिनका लागि जारी गरिएको अध्यादेश पनि अदालतमा मुद्दा हालेर अघि बढन नदिएको र हाल आएर सामान्य निहूँ बनाएर प्रधानमन्त्री दाहालमाथि नै मुद्दा हाल्ने काम गरिएको भन्दै आपत्ति समेत जनाए ।

    अदालतप्रति सम्मान गर्ने उल्लेख गर्दै भट्टराईले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषय अदालतको नियमित प्रक्रियाको विषय नभएको तर्कसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार