Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यसरी मनाए कलाकारहरूले होली (तस्बिरसहित)

काठमाडौं । आज देशका पहाडी तथा हिमाली जिल्लाहरू होलीमय भएका छन् । सबैले एकअर्कालाई विभिन्न रङ दलेर होली मनाइरहेका छन् । होलीलाई असत्यको हार र सत्यको जितको भएको पर्वका रूपमा मनाइन्छ ।

यही उमङ्गमा कलाकारहरूले पनि होली मनाइरहेका छन् । उनीहरूले समाजिक सञ्जालमा रङ्गिन तस्बिहरू सार्वजिनक गरेर आफ्नो होलीबारे फ्यानहरूलाई जानकारी दिएका छन् ।

रेखा थापा

मन त अक्सर रंगीन नै छ, चेहरा र हृदय उमंगले नाच्न थाल्छ होलिमा भन्दै उनले शुभकामनासहित तस्विरहरु पोस्ट गरेकी छिन् ।

सुनिता दुलाल 

फागु पुर्णिमाको रंगजस्तै हजुरहरूको जिन्दगी पनि रंगीन बनोस भन्दै गायिका सुनिता दुलालले होलीको शुभकामना व्यक्त गरेकी छिन् ।

उनले नायिका करिश्मा मानन्धर, बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसँग होली मनाएका तस्विर सामाजिक सञ्जालमा राखेकी छिन् ।

श्वेता खड्का

नायिका श्वेता खड्काले पनि ह्याप्पी होली भन्दै श्रीमानसँगको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077