Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादीलाई हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने विप्लवको चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विप्लवले भने,‘आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू पनि भनिरहेकै छन । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा ।

तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ र हामी लगाइदिन्छौँ पनि। यो साचो कुरा हो।’

उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको दाबी गर्दै माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्‍याउने चेतावनी समेत दिए । उनले माओवादीहरु अपराधी नभएको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077