Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको बताएका छन् ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले भने ‘मैले एउटा मन बनाइसकेको छु, ‘मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ ।’

तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याइएको उनले बताए ।

पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भट्टराईको आरोप छ ।

यस्ता मुद्दामा सबै माओवादी एक ठाउँमा उभिन उनले आव्हान गरे । त्यसका लागि कार्यगत एकतामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077