Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर्णाली र सुदूरपश्चिमकेन्द्रित बजेट आउँछ : उपसभापति खड्का

    कर्णाली र सुदूरपश्चिमकेन्द्रित बजेट आउँछ : उपसभापति खड्का

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 789
    SHARES

    सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताएका छन् ।

    नेपाली कांग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसङ्ख्या भए पनि ठूलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताए । दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने सङ्घीय सरकारको यसअघिको परम्परालाई तोडिने उनको दाबी थियो ।



    “वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेता विसं २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ,” उनले भने, “यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्मअनुसार काम हुन्छ ।”



    पूर्वगृहमन्त्रीसमेत रहेका उपसभापति खड्काले भेरी नदी किनारमा नयाँ सहर निर्माणको काम सुरु गरिएको बताए । छन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आह्वान गरिएको उनको भनाइ छ । मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।

    उनले सरकार बिस्तारका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र छलफल हुने जानकारी दिए । उपसभापति खड्काले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्र प्रधानमन्त्री दाहाल नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन्छ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार