Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सहिद स्मारक लिग : चर्च ब्वाइज र एपीएफको विजयी सुरुआत

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजनमा नवआगन्तुक चर्च ब्वाइजले शनिबार विजयी सुरुआत लिएको छ ।

च्यासल मैदानमा भएको खेलमा उसले पुलिसलाई २–१ ले पराजित गरेको हो ।

पछिल्लो बी डिभिजनको विजेता चर्च ब्वाइजका लागि आशीष चौधरी र फ्रायन्किलन क्विटेटलाले गोल गरे ।

पुलिसका तर्फबाट भने रवि पासवानले एक गोल फर्काए ।

दशरथ रंगशालामा भएको अर्को खेलमा एपीएफले थ्री स्टारलाई २–० ले हरायो । एपीएफका लागि मणिकुमार लामा र अर्मान्ड विडोमले १/१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077