Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं प्रशासनले भन्यो - होलीमा व्यक्तिको निजी जीवनमा असर पर्ने खालका गतिविधि नगर्नू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको हो ।

“मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न/नगराउन सबैमा अनुरोध गर्दछौं । कानुन विपरितका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारवाही गरिनेछ,” सूचनामा भनिएको छ ।

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौंले आत्मिय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको छ । यही फागुन २२ गते फागु पूर्णिमा मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077