Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने- सञ्चार सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छु

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चार माध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

बुधवार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ९इञ्जा० ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले सञ्चारकर्मीहरुको हक अधिकार र व्यवसायिक दक्षताको लागि नीति र व्यवहारबाट सहयोग गर्नुपर्ने कतिपय विधेयकहरु अल्झिरहेका, विवादमा रहेर रोकिएकाले तिनीहरुलाई अघि बढाउन आफू तयार रहेको बताए ।

उनले रोकिएका विधेयकहरुमा सञ्चारमाध्यमहरुसँग बसेर छलफल गर्न र संसदमा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077