Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चुइगम चपाएरै सके नेपालीले ३७ करोड

    चुइगम चपाएरै सके नेपालीले ३७ करोड

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 792
    SHARES

    काठमाडौं । चालू आर्थिक वर्षमा नेपालले विदेशबाट ३७ करोड ८ लाख ७२ हजार रुपैयाँको चुइगम आयात गरेको छ ।

    भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८९/८० को ७ महिनाको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो ।



    यस अवधिमा ११ लाख ३५ हजार ९२९ किलोग्राम चुइगम आयात भएको छ भने चुइगम आयात बापत राज्यले २९ करोड ८२ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । तथ्यांकअनुसार नेपालमा विश्वका ७ देशबाट चुइगम आयात हुने गरेको छ ।



    सबैभन्दा धेरै भारतबाट ३६ करोड १३ लाख रुपैयाँको चुइगम आयात भएको छ । यसपछि टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँको चुइगम भित्रिएको छ भने अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको पाइएको छ ।

    यस्तै, चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १० लाख ९२ हजार रुपैयाँको चुइगम निर्यात भएको छ । यस अवधिमा १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको हो । नेपालबाट निर्यात भएको सबै चुइगम भारततर्फ निर्यात भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार