कपिलवस्तु । सशस्त्र प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका-७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ ।
सशस्त्र प्रहरीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले जनाएको छ ।
रामद गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले बतायो ।