काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जाने आफ्नो दाबी नरहेको स्पष्ट पारेका छन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको अहिलेको सरकारमा कांग्रेसलगायत दलहरू समावेश गर्नेबारे कुराकानी भइरहेका बेला खड्काले सोमबार राति ट्वीट गर्दै सरकारमा आफ्नो भने दाबी नरहने प्रष्टाएका हुन् ।
गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुनर्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको उपसभापति खड्काले बताए ।
उनले ट्वीटमा लेखेका छन् ‘पुस १० गते भत्काईएको गठबन्धनलाई पुनस्स्थापित गर्ने त्यहि दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ । अब मेरो दाबि कुनै कुरामा छैन । मेरो नाम अरु संग जोडेर सरकारमा जाने दाबि गरेको भनेर कृपया मिडियामा र सामाजिक संजालमा बहसको बिषय बनाएर मलाई अन्याय नगरि दिनुहोस सबैमा अनुरोध ।’
Leave a Reply