Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

    आर्थिक सहायतामा पहुँचवालाकै हालिमुहाली

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । सरकारले बाँड्ने गरेको आर्थिक सहायतामा पहुँचवालाकै हालीमुहाली रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार त्यस्तो सहायता पूर्वराष्ट्रपतिदेखि भुटानी मानवअधिकारवादी नेतासम्मले लिएका छन् । अर्थ मन्त्रालयले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

    गत कात्तिक ३ गतेको मन्त्रिपरिषद्ले यादवको उपचारका लागि रकम निकासा गर्ने निर्णय गरेको थियो । सोअनुसार मन्त्रालयले कात्तिकमै २५ लाख रुपैयाँ निकासा गरेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकारबाट २० लाख रुपैयाँ सहायता लिएका छन् ।



    उनलाई उपचारका लागि सरकारले रकम दिएको हो । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयबमोजिम रकम निकासा गरिएको हो । खनाललाई उपचारका लागि सरकारले गतवर्ष पनि ५८ लाख ५३ हजार रुपैयाँ दिएको थियो ।



    त्यस्तै भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई दुईपटकमा २७ लाख रुपैयाँ दिइएको छ । गत भदौमा काठमाडौं महानगरपालिका–११ स्थित प्रकृति, संस्कृति, सामाजिकता संरक्षण समूहको अक्षयकोष वृद्धिका लागि १० लाख दिइएको छ । प्रतिनिधिसभा निर्वाचनका दिन झडपमा ज्यान गुमाएका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई सरकारले गत माघमा प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

    सरकारले आर्थिक सहायताका नाममा साउनमा ९२ लाख, भदौमा १ करोड ४१ लाख, असोजमा २५ लाख, कात्तिकमा ४४ लाख, मङ्सिरमा १ करोड ३० लाख, पुसमा ८८ लाख र माघमा २४ लाख रुपैयाँ बाँडेको छ ।

    विशेषतः चुनाव लागेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले आफ्नो क्षेत्रका सर्वसाधारणलाई आर्थिक सहायता उपलब्ध गराउनेदेखि लिएर क्षेत्र केन्द्रित आयोजनामा बजेट रकमान्तर, बहुवर्षीय स्रोत सुनिश्चितता गरेको अर्थ मन्त्रालयको विवरणले देखाएको छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार