Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झलनाथ खनाललाई उपचार गर्न सरकारले दियो २० लाख

काठमाडौं । अर्थ मन्त्रालयले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई औषधि उपचारका लागि २० लाख रुपैयाँ निकासा गरेको छ ।

गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट खनालको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो ।

खनाललाई उपचारका लागि सरकारले गत वर्ष पनि ५८ लाख ५३ हजार रुपैयाँ सहायता गरेको थियो ।

त्यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई पनि औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077