Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका ११ डिआइजीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले ११ डिआइजीको सरुवा गरी हालै बढुवा भएका चार जनाको पदस्थापन गरेको हो । गृह मन्त्रालयले सरुवा गरेसंगै आठै बाहिनीका डिआइजी फेरिएका छन् ।

सरुवा अनुसार बराह बाहिनी सुनसरीमा अञ्जनी कुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापाको सरुवा भएको छ ।

गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीप कुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ ।

बाहिनीहरुमा नियमित हेरफेर गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077