काठमाडौं । सरकारले पछिल्लो सात महिनामा साढे पाँच करोड रुपैयाँ सहायता बाँडेको छ ।
अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म व्यक्ति तथा संस्थालाई सरकारले पाँच करोड ४६ लाख ३३ हजार रुपैयाँ सहायता बाँडेको हो ।
जसमा पूर्वराष्ट्रपति रामवरण यादवलाई २५ लाख औषधि उपचार खर्च प्रदान गरिएको छ । सरकारले ३ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो ।
सरकारले साउनमा ९३ लाख, भदौमा १ करोड ४१ लाख ७७ हजार र असोजमा २५ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ ।
कात्तिकमा ४४ लाख, मंसिरमा १ करोड ३० लाख ८४ हजार, पुसमा ८८ लाख ७२ हजार र माघमा २४ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको अर्थ मन्त्रालयले जनाएको छ ।
Leave a Reply