Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ अधिवक्ता शम्भु थापाले भने - कसैले हात नमिलाउँदैमा सन्दीप दोषी हुँदैन

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् ।

सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने बताएका हुन् ।

इजलासमा थापाले भने, ‘ सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिसाएका होलान् । हात नमिलाउँदैमा उनी दोषी हुँदैनन् श्रीमान ।’

अहिले सरकारी र पीडित पक्षको बहस सकिएर सन्दीपका वकिलहरुले बहस गरिरहेका छन् ।

जसमा थापाले सकेका हुन् भने सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्न बाँकी छ ।

यस्तै पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077