Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपको मुद्दाको पेसी सपना मल्ल र कुमार चुँडालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले दुई निवेदनमा आज इजलासको सुरूमै सुनुवाइ गर्न लागेको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले यी दुवैलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न लागेको छ ।

उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग-२ अन्तर्गत यूएईमा सोमबारदेखि सुरू हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077