Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानले अझै पनि ट्रम्पलाई आक्रमण गर्न खोजिरहेको दाबी

एजेन्सी । इरानले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विदेशमन्त्री माइक पोम्पेओलाई मार्न खोजिरहेको दाबी गरिएको छ ।

इरानका एक सैनिक जनरलले आफ्ना शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन आफ्नो देशले ट्रम्प अझै पनि मार्न खोजिरहेको दाबी गरेका हुन् ।

तेहरानले सन् २०२० को जनवरीमा बग्दाद विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कोरका विदेशी अपरेसनका प्रमुख सुलेमानीको हत्याको बदला लिने प्रतिबद्धता पटक–पटक गर्दै आएको छ।

‘ट्रम्प, पोम्पेओ, (पूर्व अमेरिकी जनरल केनेथ) म्याकेन्जी र सुलेमानीलाई मार्न आदेश दिने सैन्य कमान्डरहरूलाई मार्न सक्नेमा हामी विश्वस्त छौं,’ गार्ड्सको एयरोस्पेस युनिटका कमान्डर जनरल अमिराली हाजीजादेहले शुक्रबार राति इरानी टेलिभिजनसँगको कुराकानीमा भने।

इराकमा अमेरिकी हितमा भएका कैयौं आक्रमणको जवाफमा उक्त आक्रमणको आदेश ट्रम्प प्रशासनले दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077