Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • दुबई जान पाउनुपर्ने सन्दीपको निवेदनमा आज सुनुवाइ हुँदै

    दुबई जान पाउनुपर्ने सन्दीपको निवेदनमा आज सुनुवाइ हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 597
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दुबईमा हुने आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

    यसअघि शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले निवेदनमा माग गरिए बमोजिम अन्तरिम आदेश नगरी आइतबार पुनः सुनुवाइ हुने गरी आदेश दिएको थियो ।



    सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।



    आइतबारको सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ। संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार