Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन भन्छन् - राजीनामा गराउन कसैले नि सक्दैन, आई डन्ट गिभ अप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने भनेका छन् ।

शनिबार राति सामाजिक सञ्जालमार्फत उनले आफूलाई राजीनामा गराउन कसैले नि नसक्ने आशय व्यक्त गरेका हुन् ।

उनले लेखेका छन् 'अटल, अजर, अडिग, निडर । कसैले नि सक्दैन । आई डन्ट गिभ अप (मैले हार मान्दिनँ) ।’

दिउँसो सामाजिक सञ्जालमार्फत आफूलाई मेयर पदबाट राजीनामा गर्न लगाउन खोज्नेहरु रहेको भन्दै यो देश कहिल्यै नबन्ने टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077