काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण बदलेसँगै राप्रपाले सो निर्णय लिएको हो ।
आज बसेको कार्यसम्पादन समितिको वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।
यस्तै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।
परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।