Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धन फेरिएसँगै एमाले र राप्रपाले आफ्ना मन्त्री फिर्ता बोलाउने संकेत

काठमाडौं । राजनीतिक समीकरण र सत्ता गठबन्धन फेरिएसँगै सत्ता साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुस १० गते बालकोटमा भएको सहमति तोडेर कांग्रेससहितको आठ दलीय गठबन्धन रोजेपछि सत्ता साझेदार दल एमाले र राप्रपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने संकेत गरेका हुन् ।

सरकारमा रहने कि बस्ने भन्नेबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले धुम्बाराहीमा आकस्मिक बैठक बोलाएको छ । शुक्रबार मात्रै राष्ट्रपतिको चुनावबारे छलफल गर्न राप्रपाको बैठक बसेको थियो । शनिबार बिहानै अध्यक्ष लिङदेनले आकस्मिक बैठक बोलाएर सरकारबाट बाहिरिने संकेत गरेका हुन् ।

सरकार छाड्ने, नछाड्ने विषयमा बैठकले टुंगो लगाउने बताइएको छ । यस्तै सत्ता साझेदारको ठूलो दल नेकपा एमालेले ९ बजे पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्नुका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077