Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महाराजगंजमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले राष्ट्रपतिसँग छलफल गरेका हुन् ।

यो संगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा ८८२ जनाले मतदान गर्न पाउनेछन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077