Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीश खतिवडाले भने - सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस्, तर प्रक्रियालाई छाड्न मिल्दैन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ।

लामिछानेको निवदेनमाथि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो। न्यायाधीश खतिवडाले सन्दीपको क्रिकेट करिअर जिवित रहोस भन्ने आफ्नो व्यक्तिगत चाहना रहेको बताए ।

न्यायाधीश खतिवडाले भने, ‘कानुनको आधारभूत मूल्य मान्यता मर्न दिनु हुन्न । बरु राज्यले २÷४ करोड व्यहोर्नुपर्छ । सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो शुभकामना छ, यति हुँदाहुँदै पनि प्रक्रियालाई हामीले छाड्न मिल्दैन।’

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित रुपमा यूएइ लैजाने र फिर्ता ल्याउने जिम्मा आफूहरुले लिने बताएका थिए । उनले यो क्रिकेट श्रृंखला नेपालका लागि एकदमै महत्वपूर्ण भएकाले सन्दीपको उपस्थिति जरुरी रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077