Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको रिटमा सुनुवाइ सुरु

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेले क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित दिएको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा रिट निवेदनमाथि अन्तिम सुनुवाइ सुरु भएको हो । खतिवडाको इजलासमा आज १५ वटा रिट छन्।

ती मध्ये १४ वटाको सुनुवाई सकिएपछि सन्दीपको रिटमा सुनुवाइ सुरु भएको हो। उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि बिहीबार निवेदन दिएका थिए।

उनले उच्च अदालतले लगाएको प्रतिबन्ध हटाएर विदेश जान दिन माग गरेको छन्। उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो ।

त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएपछि सन्दीप विदेश जान लगाएको रोक हटाउन माग गर्दै सर्वोच्च गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077