Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले सुरू गरे ‘केपी बा’ युट्युब च्यानल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युव च्यानल सञ्चालन गर्न थालेका छन् ।

‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको हो।

च्यानलमा पहिलो भिडियोका रुपमा उनले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गरेका छन् ।

२५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन्।

एमालेका धेरै नेता-कार्यकर्ता र समर्थक ओलीलाई बा भनेर सम्बोधन गर्छन्। त्यसैका आधारमा ओलीले ‘केपी बा’ नामक च्यानल ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077