काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।
बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल हुनेछ ।
बैठकले सरकारको कामको समीक्षासँगै विकसित पछिल्लो राजनीतिक घटनाका विषयमा पनि छलफल गर्ने छ।
निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ।