Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • दुबई जान पाउनुपर्ने सन्दीपको निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ

    दुबई जान पाउनुपर्ने सन्दीपको निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 657
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दुबईमा हुने आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आजका लागि पेसी तोकिएको छ ।

    सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबईमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए ।



    नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।



    उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौं बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो ।

    उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायरे गरेका हुन् । सरकार पक्षबाट परेको निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामामै राख्नुपर्ने माग गरिएको छ । दुवै तर्फका निवेदनमा आजलाई पेसी तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार