Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

बिहीबार ओली निवास बालकोटमा आयोजित कार्यक्रमपछि बोल्दै अध्यक्ष ओलीले प्रचण्डले अरुदलहरुलाई समर्थन नगर्ने दावी गरेका हुन्।

उनले भने,'प्रचण्डले सर्पोट गर्दै गर्नु हुन्न। गर्ने मिल्दैन। किन भने उहाँले हामीसँग पुस १० गते सम्झौता गरिसक्नु भएको छ।'

अध्यक्ष ओलीले राष्ट्रपतिमा माधव नेपाल र सुवास नेम्बाङको नाम अघि सारेका छन्। तर,प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

राष्ट्रपति चयनबारे प्रधानमन्त्री प्रचण्डले विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल जारी राखेका छन्। पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077