Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुन्छ, एमालेले पनि स्वीकार्छ : मन्त्री किराँती

संखुवासभा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिबाट नै राष्ट्रपति चयन हुने बताएका छन् ।

आज (बुधबार) संखुवासभाको तुम्लिङटार विमानस्थलको अनुगमन गर्ने क्रममा मन्त्री किराँतीलेले पत्रकारहरूलाई यस्तो बताएका हुन्।

मन्त्री किराँतीले अब बन्ने राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुने र एमालेले समेत स्विकार्ने खुलासा गरेका छन्। उनले राष्ट्रपति बनाउन राष्ट्रिय सहमतिको विकल्प नभएको बताए।

सबैले स्विकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको बताउँदै काँग्रेसलाई राष्ट्रपति दिँदा सहमति हुन्छ भने दिँदा फरक नपर्ने मन्त्री किराँतीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077