Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव निकट विद्यार्थी संगठनद्वारा शिक्षाका बेथिति सुधारको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । शिक्षा क्षेत्रमा देखिएका बेथिति समाधान गर्न भन्दै नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

बुधबार अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा शिक्षा क्षेत्र सुधारका १५ वटा बुँदा समेटिएका छन्।

संघीय शिक्षा ऐन लागू गर्नुपर्ने, अनिवार्य र नि:शुल्क शिक्षाको संवैधानिक व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो संगठनले सरकारसमक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077