Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र किसान श्रेष्ठबीच भेटवार्ता, पार्टी एकता र राष्ट्रपति चुनावबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ‘किसान’ बीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका हुन् । भेटमा उनीहरुबीच राष्ट्रपति चुनावबारे करिब एक घण्टा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

ओलीले पार्टी एकताका विषयमा चासो राखेका थिए । ओलीसँगको भेटमा श्रेष्ठले बृहत्तर एकताका लागि आफूहरुका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताएका थिए ।

यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेका थिए । नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077