Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्लादिमिर पुटिनको आरोप - युद्ध पश्‍चिमा र युक्रेनले नै सुरु गरेका हुन्

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको आरोप लगाएका छन् ।

युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्तो आरोप लगाएका हुन् ।

उनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाए । उनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको बताए ।

शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि पुटिनले सम्बोधनका क्रममा भनेका छन् । साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077