Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्रमा बढुवा भएका चारमध्ये तीन डिआईजीले लगाए फुली

    सशस्त्रमा बढुवा भएका चारमध्ये तीन डिआईजीले लगाए फुली

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा नायब महानिरीक्षक (डिआईजी) मा बढुवा भएका ४ जनामध्ये ३ जनाले दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयको फागुन ४ गतेको निर्णयले बढुवा भएका ४ मध्ये ३ डीआईजीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन् ।

    सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरूमा अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्।



    बढुवा भएका अर्का डीआईजी सुरेशकुमार श्रेष्ठले भने देशबाहिर रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्। उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन् । उनले बिदामा आएर दर्ज्यानी चिह्न लगाउन सक्नेछन् ।



    सशस्त्र प्रहरीमा १६ डीआईजी पदमध्ये ४ वटा रिक्त थियो। मन्त्रालयले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूको बढुवा गरेको हो। मन्त्रालयले उनीहरूलाई २५ माघमा बढुवा गर्न सिफारिस गरेको थियो । उजुरी नपरेपछि उनीहरूको आइतबार बढुवा भएको थियो ।

    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्दै बढुवासंगै बढेको पदिय जिम्मेवारीलाई अझबढी उत्तरदायी भई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्न निर्देशन दिए ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्दै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार