Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ट्‍वीटरपछि फेसबुक र इन्स्टाग्राममा पनि ब्लू टिकको लागि मासिक २४ डलरसम्म शुल्क लिँदै

काठमाडौं । अब फेसबुकमा पनि ट्वीटरमा जस्तै भेरिफिकेसनको लागि शुल्क तिर्नुपर्ने भएको छ ।

फेसबुकको अभिभावक कम्पनी 'मेटा' ले फेसबुकको लागि 'मेटा भेरिफाइड' नामक सब्स्क्रिप्सन सेवा आइतबारदेखि सुरु गरेको छ ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्टको लागि मासिक १५ डलरसम्म तिरेर ब्लु चेक मार्क खरिद गर्न सक्नेछन् ।

यी दुई सामाजिक सञ्जालको अभिभावक कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकर्बर्गले आइतबार उक्त घोषणा गरेका हुन्।

ट्वीटरले हालै मात्र लागू गरेको यो नियम बजारमा सफल हुन सुरु भए लगत्तै फेसबुकमा पनि यो नियम लागू हुन लागेको हो । ट्‍वीटरका मालिक मस्कले नोभेम्बर २०२२ मा प्रिमियम ट्‍वीटर ब्लु सदस्यता लागू गरेपछि यो व्यवस्था सुरु भएको हो।

अब वेब भर्सनका प्रयोगकर्ताले ११.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ भने आईओएस प्रयोगकर्ताले भने १४.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ ।

मेटाले अझै यो सुविधा कहिले अन्य देशहरूमा लागु हुन्छ भन्ने कुरा निश्चित गरेको छैन्। तर जुकरबर्गले चाँडै अन्य देशहरुमा पनि लागु हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077