Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष ओलीका नाति ‘मार्सी’ ले किन छाडे एमाले ?

काठमाडौं । मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ ले नेकपा एमाले परित्याग गरेका छन् । राजा फर्काउने अभियानमा लागेसँगै एमालेले कारवाही प्रक्रिया थालेपछि उनले त्यसअगावै आज पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वराजपरिवारका सदस्यलाई सहभागी गराएर १ फागुनमा झापामा कार्यक्रम गरेका थिए । त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको थियो । तर, पार्टीले कारबाहीको निर्णय नगर्दै आफैँ बाहिरिएका हुन् ।

पार्टीको नीति र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएपछि निष्कासन गर्न सिफारिस गरेको प्रदेश कमिटीले जनाएको छ । अध्यक्ष ओलीलाई खुसी तुल्याएवापत एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्यमा फड्को मारेका प्रसाईं गत निर्वाचनमा टिकटको दावेदार थिए।

झापाबाट टिकट मागेका उनलाई ‘हजुरबा’ ले वास्ता नगरेपछि ज्ञानेन्द्रको ‘शरण’मा पुगेको एमालेका नेता–कार्यकर्ता बताउँछन् । एमालेका अधिकांश कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘बा’ सम्बोधन गर्दा मार्सीले भने ‘हजुर बा’ भन्ने गरेका छन् ।

विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट उनी पछिल्लो समय एमाले अध्यक्ष ओलीका विश्वासपात्र बनेका थिए । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । अहिले उनी पूर्व राजासँग नजिकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077