Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मलेसियामा बसेर महिलाको चरित्रहत्या,नेपाल आउँदा एयरपोर्टमै पक्राउ

काठमाडौं । साइबर ब्युरोले मलेसियामा बसेर महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

साइबर ब्युरोले रौतहटको देवाही गोनही नगरपालिका-५ टिकुलिया निवासी २२ वर्षीय हरिहरप्रसाद यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

पीडित महिलाको नाबालिकाबहिनी समेत सँगै भएको तस्विर प्रयोग गरी उनलेसामाजिक सञ्जालमा चरित्रहत्या गरेको उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेको थियो ।

वैदेशिक रोजगारीमा रहेका उनले पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आधारमा उनलाई मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको ब्युरोले बतायो ।

यादवलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077