Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

काठमाडौं । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार सुनुवाइ नहुने निश्चितजस्तै भएको छ ।

सर्वोच्च अदालत प्रशासनले अरु २० वटा मुद्दापछि मात्रै त्यो मुद्दा सुनुवाइका लागि पालो तोकेको हो ।

सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेसी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको हो ।

सर्वोच्च अदालतले बुधबार प्रकाशित गरेको पेसी सूची अनुसार, १७ वटा नयाँ मुद्दा संवैधानिक नियुक्तिविरुद्धको मुद्दाअघि पालो तोकिएका छन् । त्यसपछि अरु २/३ वटा मुद्दा पनि भएकाले पालो नआउने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077