Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्तिदिनु अपराध हो : कमल थापा

    कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्तिदिनु अपराध हो : कमल थापा

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 627
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै विरोध जनाएका छन् ।

    सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संशोधन गरेर स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजिएको बताएका हुन ।



    उनले लेखेका छन् ‘देश अहिले भ्रष्टाचारको महारोगबाट अक्रान्त छ । यसैबिच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो ।’



    यस्तै उनले केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्तिदिनु अपराध भएको टिप्पणी गरे । यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु, उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार