Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज अवार्ड कार्यक्रममा आइतबार गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको दावी गरे ।

गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिलेकाहीँ घट्नु स्वाभाविक भएको बताए ।

उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रीकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजार नियन्त्रण र अनुगमन गर्ने बताए। उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077