Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । माओवादीले २०५२ देखि २०६२–६३ को जनआन्दोलनसम्म सशस्त्र संघर्ष गरेको थियो ।

यसअघि कर्णाली, वाग्मती र विभिन्न स्थानीय तहले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउनेगरी बिदा दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077