Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९र८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् ।

बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077